नाक कसरी ठाडो हुन्छ?

मलाई म आफु त्यो घरमा आएदेखि नै अझ होची भएजस्तो लाग्थ्यो। तीनबर्ष अघि म आउँदा पल्लो घरकी रीता र म उत्रै थियौ। म उसंग आफ्नो उचाइ बरोबर नाप्ने गर्थे। उसको र मेरो कुम बराबर थियो तर देख्दादेख्दै मेरो कुमलाई उसको कुमले जित्यो। पछि त मैले नाप्नै छाडीदिए।

म एउटा घरमा काम गर्ने मान्छे थिए । घरमा एउटी आइमाई थिइन जसलाई म आमा भन्थे । आमा दुष्ट थिइनन् तर दयालु पनि थिइनन्। उनको अगाडी त म भँगेरी झै लाग्थे। उनी अग्ली मोटी खाइलाग्दी जीउ भएकी थिइन। उनी आफ्ना ठुला ठुला आँखामा सधै गाजल लाउँथिन। उनको ओठ लिपस्टीक लाएपछि सार्है् राम्रो देखिन्थ्यो, अरू बेला तिनी मलाई त्यहि ओठ चलाएर गाली गर्ने भएकाले पटक्कै मन पर्दैनथ्यो। उनी प्रायसो गाढा रातो रङ्गका लिपीस्टक लाउँथिन। उनको हातमा सधै रातो चुरा हुन्थ्यो, त्यहि चुरा बजेपछि बिहानीमा मेरा आँखाहरू खुल्थे तर उनले उठाउन नआइकन मैले आफै उठ्ने जाँगर कहिल्यै चलाइन। उनलाई म सताउँथे, एकपटकमा उठि्दनथे। त्यतिखेर उनी कस्तरी कराउँथीन्, ‘देवी’

‘हजुर’, उनी त्यति जोडले बोल्दा मलाई पनि चिच्याएर भन्न मन लाग्थ्यो तर मेरो स्वर यति मसीनो थियो कि उनी म उनीदेखि डराएको भन्ठान्थीन् ।

मेरो लिखुरे शरीर, मसीना मसीना कर्चिजस्ता हात खुट्टा, साना साना पातला ढकनी भएका आँखा, पातला काला ओठहरू, पातलो तालु देखिने अखरक्क परेको केस !! मेरो कुनै पनि कुरा राम्रो आहा भन्ने खालको थिएन ।

आमा श्रृङ्गागार गरीसकेपछि निकैबेर ऐना हेर्थिन । लामो सीउँदोमा धेरै सीन्दुर लाउँथीन । उनीसंग थुप्रै किसीमका पोते थिए। सीसा भएको देखिने दराजमा तीनले ती सबै मिलाएर राखेकी थिइन । उनी पोते फेरी फेरी लाउँथीन् । उनका नङ्गहरू च्याप्टा थिए । त्यसमा पनि उनी सधै गाढा रातो रङ्गको नङ्ग पालिस लाउँथीन् । म उनको पछिल्तिर उभिएर अरू नै केही हेरेजस्तो गरेर उनले श्रङ्गार गरेको हेरीरहन्थे ।

मैले हेरेको कुरा उनले थाहा पाउनु मेरो लागि खतरनाक कुरा थियो । उनले त्यसो गरेको मन पराउनदिनथिन्, उनी एकदम रीसाही आइमाइ थिइन ।

म पनि श्रङ्गगार गर्थे, मलाई लाग्थ्यो गाजल, लिपस्टीक, चुरा, टिका लाए भने म पनि अलि राम्री हुन्थे होला ! गाजल लाउँथे, लिपस्टीक उनले दिन्नथिन्। चुरा ल्याइदिएकी थिइन, कालो हातमा कालो चुरा ! चुरा र हातमा खासै फरक थिएन। उनी मलाई बजार लान मन पराउन्नथिन्, म भने बजार जाने भनेपछि हुरूक्क हुन्थे। पहिलो चोटी उनी चुरा लिन एक्लै गएकी थिइन। मेरै चुरा लिन त होइन, उनको आफ्नै काम थियो।

बाह्र तेह्र बर्षकी केटीका लागि पसलेसंग चुरा माग्दा पसलेले दिइ पठाएको चुरा मैले अलि बल गर्थे भने घाँटीमा छिर्थ्यो , त्यसलाई मैले माला बनाएर लाउन मिल्थ्यो। म कती सानी थिए, ठ्याक्कै भँगेरा जत्री। सात बर्षमा पनि म सात बर्ष जत्रै थिए भने उत्रै थिए म तेर्ह बर्षमा पनि। मैले आफ्नो स्वरुपमा चित्त बुझाउन थालीसकेको थिए। मसंग अर्को उपाय पनि त थिएन नी ! तर मेरो नाक अलि राम्रो बनाउन सक्छु कि भनेर मैले हदैसम्मको कोशिस गरे।

मेरो नाक अनुहारमै सुतेको थियो। नाकका पोराहरू मुश्किलले उठेका थिए, मेरो नाकको डाडी नै थिएन। कस्तो हाँस उठ्दो थियो। त्यसलाई त नेपो मात्र भन्दा पनि कम हुन्थ्यो। यो एउटा नाकले मलाई बाँदर जस्तो बनाएको थियो। म आफै पनि आफुलाई ऐनामा बाँदर जस्तो देख्थे। त्यसैले हरेक विहानीमा म मेरो सुतेको नाकको टुप्पोलाई बुढि र चोर औलाको मद्दत्तले समातेर माथिपट्टि तान्थे। कहीले काही आमाले तलबाट बोलाउँदा माथि म उनले सीन्दुर लाउँदा हेर्ने सानो ऐनामा हेर्दै नाक तानीरहेको हुन्थे।

‘देवी’, उनी तल भान्छाबाट चिच्याउँथीन्।

म दौडदै तल आउँथे, उनको अगाडी पुग्दा मेरो सास बढेको हुन्थ्यो।

‘के गर्दै थिइस् माथि?’, उनी आँखा तर्थिन। उनका आँखाहरू गाजल लाउँदा पनि चम्किने खालका भने थिएनन, सुख्खा, रूँदा पनि नभिज्ने जस्ता !

‘म नाक तान्दै थिए’, मैले यसो भनेको भए तिनको मनमा झट्ट के आउँथ्यो होला? तीनी हाँस्थीन् या जिल्ल पर्थिन? रीसाउन चाँही रीसाउन्नथीन् किनकी मान्छेहरू आफुले कहिल्यै नसोचेको कुराको बारेमा पहिलोचोटी थाहा पाउँदा रीसाउनै सक्दैनन्। उनी रीसाइरहने आइमाइ भएकाले हाँस्ने भन्दा पनि जील्ल पर्थिन होला। दोस्रो चोटीदेखि त उनले मलाई हपार्ने कुरा त पक्का थियो। म उनलाई सधै केही न केही भनेर ढाट्थे, कहिले उनी पत्याए झै गरेर हेर्थिन त कहिले नपत्याए झै।
मेरो पढाइ राम्रो थिएन, अंग्रेजीमा त सधै फेल। स्कुलबाटै म गोठाला जान्थे, बेलुका फर्केपछि मलाई पढ्न पटक्कै मन लाग्दैनथ्यो। बुइगलमा जाने भर्यागङ्गगको तल मेरो ओछ्यानमा म किताब लिएर पढेजस्तो गर्दागर्दै निदाउँथे। आमालाई पढ्न आउँदैनथ्यो, उनी मुश्किलले आफ्नो नाम कमला लेख्न सक्थिन। मलाई केही नआउँदा सोध्ने मान्छे कोही हुदैनथ्यो।

म भाँडा माझ्थे, गोठ सफा गर्थे, घाँस ल्याउँथे, गोठाला जान्थे । घर पछाडीको खोला, खोला पछाडीको बनमा विहानै घाँस लिएर आएपछि म स्कुल जान्थे ।

तेर्हआ बर्षमा म तीन कक्षामा पढ्थे तर पनि म कक्षामा सबैभन्दा सानी थिए । आमाले खानेकुरामा भने मेरो खुब ख्याल राख्थिन । बिहान चियासीत केही न केही दिन्थिन्, प्रायसो चिउरा या मकै। दुबै नभएको दिन बिस्कुट। केही नख्वाइ उनी मलाई घाँसा पठाउन्न थिन् । दिउँसो पनि स्कुलमा खाजा खानका लागि उनले मलाई दिनहु दुई रूपीया दिन्थिन । एक रूपीयाको म तीतौरा खान्थे, एक रूपीया खुत्रुकेमा खसाल्थे ।

बेलुका दुधको तर खान्छेस् भनेर सोध्थीन् । मलाई तर मन पर्दैनथ्यो, उनी भने तरमात्र संग पनि धेरै भात खान्थिन । तर नै नखाएकाले पो म यति सानी भएकी हुँ कि जस्तो पनि लाग्थ्यो कहिले काही त !

मेरी स्कुलकी साथी रमिता मेरो नाक उठाउने मेरो प्रयत्नमा मेरो साथमा थिइ । बाँकी अरू कोही थिएनन् । ऊ मेरो मद्दत्त गर्न चाहन्थी, किन? मैले सोधिन । एक त मजस्ती भँगेरीसँग कोही खेल्न, कुरा गर्न पनि मान्दैनथे, अर्को मेरो नाकले गर्दा पनि साथीहरू मबाट टाढा हुन्थेजस्तो लाग्छ मलाइ । म आफै पनि त नाक नेपो र हेर्दा बाँदर जस्तो देखिनेसँग पक्कै पनि साथी हुन्थिन । मेरो उमेरका कोही पनि मेरो साथी थिएनन्, रमिता भर्खर छ बर्षकी थिइ ।
मेरो उमेरका साथीहरूलाई त उनीहरूका आमाले अब त ठुली भइस भनेर उफ्रन कुद्न पनि मनाही गरेका थिए । कहिले काँहि आमा पनि मलाई त्यस्तै भन्न खोज्थिन । म सडकमा लापरवाह दौडेको देख्दा तिनको आँखा रीसले फाटेको म देख्थे तर म भँगेरीलाई तीनी कसरी तँ ठुली भइस अब नकुद् भन्न सक्थिन र?

बर्षातका दिनहरू सकिएका थिएनन्, खोला बढेको थियो । घर सडक मास्तिर थियो । मान्छेहरू फाट्फुट हिडिरहन्थे । बिहान र बेलुकी त बजार जाने गाडी पनि चल्थ्यो । बाटा र आँगनमा पानी जमेको थियो । घर अगाडीको ठुलो सीसौको रूखका पातहरू भने गाढा हरीयो भएर आएको थियो। आँगनको डिलमा झारहरू बढेका थिए। घर पछाडी पनि झारहरू बढेका थिए, तिनमा जुका लाग्थ्यो । बनमा पनि चिप्लेर लड्न सकिन्थ्यो, आमा सधै मलाई बन जाने बेलामा सतर्क हुन भन्थिन् ।

यो मौसम पछि दशैं आउने हुनाले रमाइलो भने लाग्न थालेको थियो । आमाले मलाई पाइन्ट किनीदिने भएकी थिइन, मसंग एउटा पनि पाइन्ट थिएन। पाइन्ट लाउने खुशिमा र स्कुलमा पनि लामो विदा हुने भएकाले मैले मेरो नाकलाई पनि बिर्सिसकेको थिए । नाक नेपो नै भएपनि पाइन्ट लगाउँदा म राम्री नै देखिन्छु भन्ने मलाई पक्का थियो ।

बाहीर पीढिमा एउटा बेन्च थियो, त्यो बेन्चमा म गोठालाबाट फर्केर आउँदा आमा प्राय टोल्हाएर बसीरहेकी हुन्थिन । आमा नभएको बेला म पनि कहिले काँहि त्यहि बेन्चमा बसेर सडकमा मान्छे हिडेको हेर्थे र लामो सलक्क परेका नाक भएका मान्छेहरू देखेपछि फेरी आफ्नो नाक तान्थे ।

एउटा साँझमा म गोठालाबाट फर्केपछि आमा नभएको मौका पारेर बेन्चीमा बसे । म र रमिता भएर दिनभर हामीले मेरो नाक तान्यौ । रमिताले खुब जोडसँग मेरो नाक तानेकी थिइ । मैले दुखे पनि अइया भनिन् । नाक उठ्ला कि भनेर मैले सहे । तर घर आएर नाक हेर्दा नाक रातो मात्र भएछ, अलिकति पनि उठेनछ, कमसेकम अलिकति त उठ्नुपर्ने ! कोशिस गरेको पनि महिनौं भइसक्यो ।

बजारबाट फर्केको गाडी रोकियो । छिमेकी कान्छा बाजे गाडीबाट झरे । मलाई यी बाजे कत्ति पनि मन पर्दैन । उनले मलाई बाँदरनी भनेर बोलाउँछन् । मलाई आफ्नो नाक उठाएर यी बाजेलाई पनि देखाउनु छ । बाजेसँग अरू कोही पनि थियो । रातो भेस्ट लगाएको एउटा केटो ! केटोको ढाड मात्र देखे मैले । मलाई केटाहरूमा पटक्कै रूची छैन । रूची होस पनि त कसरी? कोहि केटा मलाई हेर्दैनन् । नाक सिधा भएका केटीलाई हेर्दै उनीहरूलाई फुर्सद छैन अनि मलाई के हेरून् ? यी सबलाई नाक सिधा गरेर देखाउनु छ मलाई !

‘देवी’, आमाले कुममा हात राख्दा म तर्सिए । मैले बाख्रा बाँधेकै थिइन । म हत्तपत्त गोठतिर लागे ।

बाजेको नाती रहेछ त्यो केटो । भोलीपल्ट स्कुल हेर्न भनेर आकोथ्यो, बाजेको हात समाएर । बाजेका छोरा शहरमा बस्छन् । केटो पनि सहरमा नै पढ्छ रे! अरू केटीहरूले कुरा गरेको मैले सुने । मैले केटोलाई हेरे । केटोको नाकमा नै मेरो आँखा गयो । कस्तो सलक्क सिधा परेको नाक! उसले पनि मतिर हेर्यो । मेरो अनुहारमा उसको आँखाको कोण मेरो नाकमा थियो भनेर थाहा पाउन मलाई समय लागेन । टिफिनभरी सबै केटीहरूले उसैको कुरा गरे ।

‘कस्तो राम्रो है’, मैले भनिहाले । नभनेको भए पनि हुने तर राम्रोलाई राम्रो भन्दा के हुन्छ त?

‘राम्रो भए पनि नराम्रो भए पनि तँलाई के? तँलाई हेर्ने होइन क्यारे!’, मोटी हेमाले कस्तरी भनी मानौं कि उसलाई केटो मन परेको होस् ।

‘तँ मोटीलाई पनि हेर्दैन’, मलाई प्याच्च भन्न मन लागेको थियो तर भनिन । मोटी भएपनि ऊ भँगरी त छैन नी! फेरी उसको नाक त ठाडो थियो ।

म सबैभन्दा अन्तिममा बस्छु कक्षामा । सबैभन्दा होची भएकाले केहि देख्दिन तर मलाई मतलव छैन । मलाइ पढ्न पटक्कै मन छैन । म जति पढेपनि मेरो नाक ठाडो हुने होइन क्यारे! लास्टमा बस्दा कम्तिमा म मेरो नाकलाई उठाइरहेको सरमिसले देख्दैनन् नि!

म नाकको बारेमा निकै गम्भिर हुँदै गएको थिए । गोठालो जाँदा रमिता र मेरो काम त्यहि हुन्थ्यो । मैले आमाको सानो गाजल लाउने ऐना पनि चोरेको थिए । धन्न तिनले त्यो ऐना खोजेकी थिइनन् । ऐना हेरी हेरी हामी पालैपालो नाक तान्थ्यौ । बीचरी रमिता जोडले मेरो नाक तान्थी ताकी बल लगाएर गर्दा माथी उठ्न सजिलो हुन्छ । कहिले काँहि मुखबाट अइया नआएपनि आँखामा आँशु भरिएको हुन्थ्यो । आँशु देखेपछि उसले नाक छाडीदिन्थी । हामी दुबै महिनौको प्रयत्नपछि पनि कुनै परिणाम नआउँदा निकै निराश थियौं । जति गरे पनि केहि नभएपछि एकदिन रमिताले भनि, ‘देवी हुँदैन जस्तो छ’

उफ!

केटो पढाइमा तगडा रहेछ । सरले जे सोधे पनि भन्थ्यो । मलाई केटोले त्यहि एकपटक हेर्यो त्यसपछि हेरेन । मैले म पछाडी बसेकोले उसले नदेखेको होला भनेर मनलाई सम्झाए तर के मेरो नाक राम्रो भएको भए, म राम्री भएको भए पनि उसले मलाई हेर्दैनथ्यो होला त? मेरो मनमा यस्तो कुरा आयो तर मैले कसैलाई भनिन । रमिता पनि बिस्तारै गोठालो आउन छाडी । म एक्लैले नाक तानीरहे ।

दशैंको बिदा शुरू भयो । आमाले मलाई पाइन्ट किन्न बजार लाने भइन । बजार जाने दिन मैले गाजल लाए, हातमा चुरा लाए । आफ्नो पातलो अख्रक्क परेको कपालमा तेल लाए र मिलाएर कोरे । आमा नभएको मौकामा मैले ऐना हेरे र नाक ताने । अलिकति उठीहाल्यो भने पनि बजार जानेबेलामा राम्रै हुन्थ्यो भनेर तर केहि भएन । म गाडीको ढोकाको सिटमा आमाको काखमा बसेको थिए । आमालाई म सानी भएकाले फाइदा भा’थ्यो । काखमा राखेपछि पैसा तिर्न नपर्ने । मलाई घरीघरी बजार लानुपर्ने भए आमा त म कहिल्यै नबढोस् भन्ने चाहन्थिन होला ! मेरो मनमा यस्तै कुरा आयो ।

गाडी अलिबेर कुदेपछि मान्छे चढाउन रोक्यो । लाहुरे टोपी लगाएको एउटा मान्छे फुर्तिका साथ गाडीतिर आयो । एउटा खुट्टा भित्र राखीसकेपछि उसको नजर ममाथी पर्यो । उसको र मेरो आँखा जुध्यो, मेरो आँखाबाट उसको आँखा बिस्तारै नाकमा टक्क अडियो ।

‘आपुइ मान्छेको बच्चा हो कि बाँदरको हौ?’, ऊ बेजोडले आफ्नो सबै दाँत देखाउँदै हास्यो । बसका सबैमान्छेले मलाई हेरे । सबै खितिती हाँसे । आमा पनि मुसुमुसु हाँसिन । मैले हात हत्तनपत्त नाकमा लगे । मैले बजार नपुगुन्जेल नाकबाट हात हटाइन । मलाई मेरो नाकदेखि सारै रिस उठ्यो । नेपो हुनुभन्दा नभएको भए नै हुन्थ्यो भन्ने लाग्यो!

निलो रंगको जिन्स पाइन्ट आमाले नै रोजेर किनिदिइन । मैले केहि भनिन् । मेरो हात नाकबाट हट्न मानकै थिएन । बजारमा आमाका भाइ भेटिए । उनले मलाई नदेखेको दुई बर्ष भएको थियो ।

‘यो देवी होइन?’, उनले अचम्म मान्दै सोधे, ‘यो त जत्राको तत्रै रहिछे त!’

म केहि बोलिन, आमा मुसुक्क हाँसिन मात्र! घरमा हाँस्दा पैसा पर्ला जस्तो गर्ने अनि मेरो कुरामा चाहिँ मुसुमुसु हाँसेको देखेर मलाई रिस उठीरहेको थियो ।

दशैंको दिन मैले पाइन्ट लगाए । ऐना हेरे, नाकमा केहि बदलाव थिएन र म खासै फरक देखिएको थिइन । निधार पनि थोरै टिका लगाउँदा लगाउँदै पनि मेरो सानो निधार भरिएको थियो । आमासँग जसजसकोमा टिका लगाउन गए सबै मेरो नाकमा हेर्छन् । अझ केटाकेटी त यसरी हेर्छन् मानौ म कुनै अजिव प्राणी हुँ ।

दशैं विदापछि बाजेको नाती सहर फर्क्यो । हामी स्कुल गयौं । दसैं लगत्तै हाम्रो अर्ध बार्षिक जाँच थियो । मैले पढाइमा मन लगाएको थिइन । म राती छिट्टै सुत्थे । गोठालोमा वा फुर्सदमा म नाक तान्नमै व्यस्त थिए । रमिलाले साथ छाडेपनि म नाक उठाउने कोशिस गरिरहेको थिए । जाँचका केहिदिन त आमा नै गोठालो गइन तर मैले घरमा पनि पढिन ।

मैले नेपाली र मेरो सामाजिक शिक्षा बाहेक सबैमा फेल गरेछु । आमाले खुब कराइन तर मैले वास्ता गरिन । म आफ्नो उहि नाक तान्ने पुरानो धन्दामा मन लगाइरहेको थिए । गोठालोमा खल्तिबाट सानो ऐना झिक्नु र नाक तान्नु बाहेक मेरो केहि काम थिएन । म बढीन्छ कि भनेर रूखमा झुन्डिन पनि थालेको थिए । एउटा साँझ म गोठालोबाट फर्कदा आमा सडकमा कर्ची लिएर उभिरहेकी थिइन । उनको नाकमा होइन, मैले उनको आँखा हेरे । राता आँखाहरूले चिच्याइ चिच्याइ भनिरहेका थिए कि उनले त्यो कर्ची मलाई नै पिट्न लिएकी थिइन ।

उनले मेरो पाखुरा च्याप्प समाएर आँगनमा पुर्याउँदासम्म मेरो सातो गइसकेको थियो । उनले कति कर्ची हानीसकेकी थिइन मैले केहि होस पाइन । म रोइरहेको थिए, रूँदा पनि मेरो आवाज खास केहि ठुलो थिएन । उनी के के भुत्भुताउँदै थिइन, मैले केहि सुनिरहेको थिइन ।

‘गाई हेर्न छाडेर कहाँ ग’को थिइस्, बोल्!’ कुट्न छाडेर जब उनले भनिन तब पो बल्ल मैले थाहा पाए उनले किन मलाई कुटेकी रहिछिन् भन्ने । दिउँसो म ऐना हेरेर नाक तान्दै गर्दा गाईवस्तु पसलेबाको खेतमा गएका थिए । म भन्दा अगाडी खबर घर आइसकेछ ।

‘म नाक तान्दै थिए’, मैले भने । जे पर्ला पर्ला भनेर मैले भने । उनले जस्तोसुकै प्रतिक्रिया दिए पनि मलाई मतलव भएन । हद भए उनले मलाई घर पठाइदिन्थिन र मेरी आमाले फेरी मलाई अन्त कतै गाई हेर्न पठाउँथिन् ।

‘के अरे?’, उनले मेरो कुरा सुनिनन् कि मैले भनेको कुरा पत्याइनन् मैले बुझिन तर उनी एक्कासी शान्त भइन ।

‘सबजना मलाई बाँदरनी भन्छन्, मेरो नाक नेपो छ । म अरूभन्दा सानी छु, मलाइ कोहि केटाले हेर्दैनन् । म जे लाएपनि नराम्री देखिन्छु । मलाइ मेरो नाक ठाडो बनाउनु छ त्यसैले म नाक तान्दै थिए । मैले तपाईको ऐना पनि चोरेको छु नाक हेर्नलाई!’, मैले रूँदै रूँदै सबैकुरा एक सासमा भने । मेरो मुटको गति तिव्र भयो । मेरा साना आँखाहरूमा डर थियो ।

आमा केहि बोलिनन् । चुपचाप भान्छामा लागिन । मलाई लाग्यो अब उनले मेरी आमालाई खबर गर्नेछिन् । म माथी आफ्नो ओछ्यानमा गए र सुते । राती कतिबजेको थियो कुन्नी आमाले खाना माथी नै ल्याएर उठाइन मलाई । खाना खाएर म फेरी चुपचाप सुते ।

बिहान घाँस हेर्न जानुअघि आमाले भान्छामा बोलाइन ।

‘तेरो नाक सिधा गर्नुछ तँलाई?’, उनले अस्वभाविक रूपमा नरम भएर सोधिन । मैले उनको आँखामा हेरे, आँखामा रिस थिएन तर प्रेम नै पनि मैले देखिन ।

म केहि बोलिन, मेरो मुन्टो तल झुकिरह्यो । मलाई गाउँलेले मैले नाक तान्छु भन्ने थाहा पाएभने के होला भन्ने लागिरहेको थियो । यसै त जिस्काउने साथीहरूले यो कुरा थाहा पाए भने मलाई बस्न खान दिनेछैनन् । अनि आमाले यो कुरा अरूलाई नभन्लिन भन्ने त सवाल नै थिएन ।

‘नाक सिधा बनाउन ध्यान दिएर पढ्नुपर्छ । पढाइमा राम्रो गरिस भने तेरो नाक आफै ठाडो हुन्छ’, आमाले यतिमात्र भनिन् । उनले खल्तिमा मकै राखिदिइन । म घाँस गए । उनको कुरा सोचिरहे । कक्षामा सबैभन्दा भुस म नै थिए । म फेल पनि भ’को थे । मलाई उनको कुरा सहि लाग्यो । हाम्रो कक्षामा फस्ट हुने रामहरी निरौलाको नाक सबैभन्दा तिखो थियो । जसको पढाइ जति राम्रो उसको नाक उती ठाडो भन्ने लाग्यो मलाई । आमाले त्यसदिनबाट मलाई ट्युसन राखिदिइन । म अलि मेहनत गर्न थाले । राती आमाले नसिकाए पनि म पाठहरू घोक्न थाले । हिसाब गर्न थाले । अँग्रेजी पनि मेरो राम्रो हुँदै गयो । म कक्षामा सरले सोधेको जवाफ दिन थाले । सरमिसले बाँदरनी भन्न छाड्नुभयो । मैले ऐना कम हेर्न थालेको थिए ।

तालीको गडगडाहटले म झसंग भए । सात बर्ष बितिसकेछ, अहिले पनि म उस्तै छु । अलिकति बढेको हो कि जस्तो लाग्छ आफैलाई । नौ कक्षा पढ्दा थाहा पाए चेपाङहरूको नाक नेपो नै हुने रहेछ तर मेरो अलि बढी नेपो चाहिँ भएको हो । आज एसएलसीमा जिल्ला टप गरेकाले मेरो सम्मान हुँदैछ । मंचमा जब मलाई बोलाइयो तब मेरो हात फेरी नाकमा गयो । मेरो नाक ठाडो भएको थिएन तर मानिसहरूलाई यसको कुनै मतलव नै थिएन । उनीहरू मेरो लागि ताली बजाइरहेका थिए ।

Monsters!!!

Didi:

She does not understand what I write. I doubt if she has ever tried to read my stories. She gives damn and always tries to divert the conversation when I tell something nice about Nepal to chhori. She always thinks I must go to US or UK or anywhere in the world where I can make dollar. I also give a damn when she tries to talk about working in US and making dollar and buying house, car in Nepal.

“Lekher kehi hunna. (You cant change the world by writing)”, she doesn’t utter but every time I open my computer to write, her face speaks loudly. I always have to look for good timing to talk to chhori about nationality. Chhori now can tell that her country is Nepal and she is a Nepali. I tell you, I have struggled very hard to teach these two important things to my chhori. Yes, to my own chhori.

Didi has very funny (it sounds funny to me) reasons why I should immediately leave Nepal and go to US. Since I have come back from Kenya, she thinks I have gone crazy. So, she wants to make sure, I don’t make my daughter crazy like me.

My sisters:

I almost scream sometime. They are like a gang. A powerful gang who kill people by their words. They have fixed agendas in their life. First, they want to complete their education whatever it is, and find a job, have a good savings, get married, build a house, and make more money. I know the reason behind it. I have also come from the same middle class family, which they belong to. We always had to struggle for our small needs so now; they want to make sure their kids don’t have to face the bitterness we faced.

We meet almost every day. We talk about our carrier every time we meet.

“Ghar ta banaunai parchha”, they suggest me, “Paisa yata uta kharcha garne hoin, jagga kin”

They have more to suggest me, “You should go to US at least for 10 years. If you get green card, why to bother to come back.” And I can’t stand this.

We were in same school, same teachers, same father and same grandfather.

Relatives:

I don’t meet any of my relatives. Relative word does not exist in my life. I have my family. That’s it. However, people claim they are my relatives and when we accidently meet up, they don’t waste the opportunity to give me free advice of leaving Nepal and run away.

“Chhoriko lagi”, as if anything happens to me, they are gonna look after her.

Friends:

Many of my friends are in abroad now. I know how hard they had tried to go abroad. And I also know, 99% of them are not coming back. And we went same school, we proudly sang the same national songs, we used to talk to change the country. We didn’t do anything to change the school but changed ourselves. What an irony! My best friend in school came from Singapore last month and has been struggling to go somewhere else. Every time I meet her, she says, make some fake hotel management documents and come with me. Do I need to slap her? I think I need. I can’t believe I don’t want to meet her anymore.

I have not done anything big for my country. I don’t think I will be able to do anything significant for my country. But one day I will feel proud that I didn’t change my citizenship for the dollar, for the car, for the easy life. For me, if I had flown away I would have saved myself form the endless social torture but I decided to stay back. Of course, I have gone through extreme depression. Once I wanted to run away, anywhere, even Kuwait. However, I was lucky enough not to get chance and forced {:)} to live here in Nepal.

Have you ever thought why we find Nepal too small? Because we always think ourselves. Build a house, own a car, walk with deep pockets! Is that all one should have in his/her life? Don’t you have to have the things that you did for your country? The passport you use to run away. Common, at least for the sake of the passport.

Why I wanted to run away? Because I needed my life easy. Nobody encouraged me to stay back. In fact, my colleagues wanted a treat. I don’t meet any youth these days who is not desperate to go abroad. Reasons: Political instability, Family pressure, unemployment, so and so. Did you put any effort to change the situation? No, you didn’t. You thought you should wait and the government would come to your door to give you the job and convince your family. You, who never obey the traffic rule, are leaving the country because there is no system. Go to hell. You better fine there.

बेपत्ता

उसको एउटा तस्बिर पनि थिएन। म कहिलेकाहीँ उसको बाक्लो आँखीभौं सम्झ्न्थें र त्यसै त्यसै गल्थें। उसलाई आफ्नो आँखीभौं त्यतिविधि बाक्लो भएकोमा सारै पीर थियो। आमाको, बुबाको, मेरो, काकाको कसैको पनि आँखीभांै त्यस्तो थिएन। हजुरबुबाको पो थियो कि? ऊ आमाबुबा दुवैलाई कचकच गरिरहन्थ्यो। अब तँलाई कोही केटीले बिहे गर्दैनन्, म उसलाई चिढ्याइरहन्थेँ। शुरुमा ऊ रुन्थ्यो, पछि-पछि त यही आँखीभौं देखेर ज्यान फालेर आउने छन् भन्थ्यो। हामी मरी-मरी हाँस्थ्यौं। ऊ हाँसेको सम्झदा अहिले भक्कानो फुट्छ।

म एसएलसी परीक्षाको तयारीमा थिएँ। उसले भर्खर नौ कक्षा पास गरेको थियो। कसले बहकायो कुन्नि, एक दिन अचानक भन्यो, “बुर्जुवा शिक्षा बेकार हो।”

“कसले भन्यो तँलाई यस्तो वाहियात कुरा हँ?”

ऊ केही बोलेन। तर, मेरो परीक्षा सकिएको भोलिपल्ट आधा रातमा उठाएर बरण्डामा ल्यायो अनि भन्यो, “दिदी, तेरो एसएलसी बिग्रन्छ भनेर आजसम्म कुरिरहेको थिएँ। अब म क्रान्तिमा हिँडेँ।”

वैशाख यसै पनि गर्मी महिना। उसको कुराले मलाई लोथ बनायो। जूनको उज्यालोमा उसको अनुहार नियाल्न खोजेँ, बाक्लो आँखीभौं मुनि निख्खर कालो आँखा चम्किएको थियो। मैले उसको हात समाएँ। उसले झ्ोला भिरिसकेको रहेछ। तैपनि, सोधेँ, “के भनेको?”

“दिदी, देशलाई हाम्रो खाँचो छ”, ऊ मान्नेवाला कहाँ थियो र!

ऊ अचानक मेरोसामु यसरी प्रस्तुत भयो कि मैले केही भन्नै सकिनँ। यसलाई कसरी सम्झ्ाउँ भनेर सोच्दासोच्दै ऊ आमाबुबाको ख्याल गर्नू भनेर आँगनमा झ्रिसकेको थियो।
त्यस दिनबाट म राम्ररी निदाउन सकेकी छैन।

चारजनाको सानो परिवार। बुबा-आमा आफ्नै खेतबारीमा काम गर्नुहुन्थ्यो। के हो शोषण, के हो भेदभाव, के हो वर्गीय विभेद थाह भएन। आमा चाहनुहुन्थ्यो, म नर्स बनूँ। ऊ पनि इन्जिनियर हुने कुरा गर्थ्यो। बुबाले त्यस्तो केही भन्नुभएको थिएन। अचानक उसको दिमागमा देशका लागि लड्ने कुरा कहाँबाट आयो मैले कसरी थाहा पाउनु? तर, आमाबुबालाई ममाथि शङ्का भयो।

बिहान आमाले उसलाई धेरै पटक बोलाउनुभयो। उसलाई चिया खुब मन पर्थ्यो। आमा निकैबेर कराएपछि मैले भनँे, “अब जति बोलाए पनि भाइ आउँदैन, राति नै घर छाडिसक्यो।”

आमाबुबालाई पत्यार लागेन। केही समयपछि मध्यरातमा ऊ आफैँ आएपछि मात्र पत्याउनुभयो। मध्यरातमा पनि आमाले पहिला चिया नै पकाउनुभो। दुब्लाएर हड्डी मात्र बाँकी थियो। मैले उसलाई धेरैबेर हेर्न सकिनँ। आमाछोरा भान्छामा धेरैबेर कुरा गरिरहे। म आफ्नो कोठामा चुपचाप बसिरहेँ।

“आजभोलि तेरो खुट्टा दुख्दैन?” आफैँ आएर सोध्यो। म उसलाई खुट्टा दुख्यो भनेर मिच्न लगाइरहन्थेँ। कहिलेकाहीँ त रोएपछि मात्र पत्याउँथ्यो।

“आजभोलि मुटु दुख्छ” म भक्कानिएँ।

उसले मेरो खुट्टा मिच्न थाल्यो।

“दिदी, हाम्रो देशको बेहाल छ। हामीले लड्नैपर्छ। एकदिन जितेरै आउँछु।”
उसका आँसु मेरा खुट्टामा झ्रे। बुबाले भोलिपल्ट घरमा भएको दशहजार चन्दा दिएर पठाएँ भन्नुभो। त्यसपछि उसलाई देखेको छैन।

सङ्कटकाल लागेको एक सातामा सेनाले हाम्रो घरमा छापा मार्योद। म फुपूको घर गएकी थिएँ। भाइको सबै फोटो लगेछ। कति न थियो र फोटो! उसले र मैले जम्माजम्मी दुईपटक स्टुडियो गएर खिचेका थियौं। त्यो पनि सेनाले लगेपछि सम्झ्नलाई उसको आँखीभौं मात्र बाँकी रह्यो।

करिब एक वर्षसम्म उसको चिठी आइरह्यो। पछिल्लो चिठीमा पश्चिम पहाडलाई कार्यक्षेत्र बनाएको लेखेको थियो। आमाबुबाका आँखा सुकिसकेका थिए। हरेक पल्ट चिठी पढेर सुनाउँदा म गल्थेँ, आमालाई हेर्न सक्दिनथेँ। शुरुमा त आमा यसरी भक्कानिएर रुनुहुन्थ्यो कि घरमा म चिठी पढ्नै सक्तिनथेँ। घरपछाडिको कागतीको झयाङमा आमाछोरी अँगालो हालेर रुन्थ्यौँ। पछि आमा रुन छाड्नुभएको थियो। बुबा चिठी पढ्दापढ्दै मेरो कपाल मुसारेर बरर्र आँसु झ्ार्नुहुन्थ्यो। अनि म झ्न् जोडले रुन्थेँ। पछि बुबा पनि रुन छाड्नुभो। बुबाआमा मलाई देखाएर रुन छाड्नुभो।

उसले पाउने नपाउने टुङ्गो नभए पनि एकपटक घर आउन भन्दै म चिठी लेखिरहन्थेँ। एक-दुई वटा उसले पाएको पनि थियो। ऊ आउँछु, आउँछु भनेर लेख्थ्यो। तर, लेख्यो मात्र आएन। उसका साथीहरू “कमरेडलाई पश्चिम फापेको छ, मोटाउनुभएको छ” भन्थे। म मुश्किलले पत्याउँथे। आमा कहिल्यै पत्याउनुहुन्नथ्यो।

“घरमा मैले नै पकाएर ख्वाउँदा त लिखुरे थियो” आमा सप्कोले आँसु पुछ्दै भन्नुहुन्थ्यो, “मधेशको मान्छे पहाडमा कसरी बसेको होला!” बर्खामा पहाडमा हिँड्न नजानेर ऊ कति लड्यो होला भन्ने चिन्ता आमा गर्नुहुन्थ्यो।

मैले चिठीमा उसलाई फोटो पठाइदिन भनेकी थिएँ। तर, त्यसपछि उसको कुनै चिठी आएन। माघको एकदिन भात खान आएको केटाले भाइ पक्राउ परेको सुनाएर गयो। कुहिरो लागेको त्यो दिन म कागतीको झयाङमा गएर बेस्सरी रोएँ। अब भाइ ठीकै छ भनेर आमाबुबालाई ढाँट्न सक्ने स्थिति थिएन। चैतको एक बिहान मैले कुरा खोलेँ। त्यो दिन आमा रोएको म कसैगरे पनि बिर्सन सक्दिनँ। उहाँका आँखा यसरी फाटेका थिए मानौं त्यो अब सधैँ त्यसैगरी खुला रहन्छ।

घरमा आउनेहरू सेनाले धेरैलाई पक्राउ गरेर मारेको सुनाउँथे। अब मैले पार्टीमा लागेर बदला लिनुपर्ने उनीहरूको भनाइ हुन्थ्यो। बेपत्ता हुनेहरूको सूचीमा मेरो भाइ मात्र थिएन। आफन्तहरू खोजेका खोज्यै थिए। फेला परेको एउटा पनि समाचार आएको थिएन। घरमा आउने केटाहरू पार्टीले खोजी राखेको छ भन्थे। उसलाई पार्टीले कुनै दिन अवश्य भेट्टाउनेेछ भन्ने आशा आमाबुबामा थियो।

पत्रपत्रिकामा भैरवनाथ गणको कुरा आउन थालेपछि आमाबुबालाई काठमाडौं गएर खोजे भाइ भेटिन्छ भन्ने लाग्न थाल्यो। उहाँहरू ऊ मरेकै भए पनि थाहा पाउन चाहनुहुन्थ्यो। म पनि थाहा पाउन चाहन्थेँ, तर मरेको होइन, बाँचेको। अनि उसको कान समातेर भन्नेथेँ, “किन यसरी रुवाइस्?”

पार्टी पनि खुल्ला भइसकेकाले अब पक्कै खोज्छ भन्ने आमालाई लागेको थियो। हाम्रामा भात खान आउने पार्टीका मान्छेहरू भने बिस्तारै हराउँदै गए। आमा तीमध्ये कसैको साथमा मलाई भाइ खोज्न काठमाडौं पठाउने विचारमा हुनुहुन्थ्यो। कोही नभए पनि आखिरमा आमाको मन राख्न म काठमाडौं आएँ।

भाइको चिठीमा पार्टीले क्रान्ति सफल भएपछि बलिदान गर्ने कार्यकर्तालाई सम्मान गर्नेछ भनेर लेखिएको हुन्थ्यो। तर, क्रान्ति अधुरै हुँदा खुल्ला भएकाले होला पार्टीले आफ्ना बेपत्ता कार्यकर्ता खोजेको थिएन। एकदिन धेरै किचकिच गरेपछि मलाई बेपत्ताहरूको सूचीमा कमरेड आरोहणको नाम देखाइयो। १९० नम्बरमा रहेको भाइको नाम मैले यसरी छोएँ मानौं म उसको कपाल मुसार्दैछु।

पार्टी कार्यालय गएपिच्छे मलाई कुन कमिटीको भनेर सोधिन्थ्यो। तर, म पार्टीमै थिइनँ। पार्टीमा किन भइनँ भन्ने कुरा आजसम्म आफैँले बुझन सकिनँ। पार्टीमा नभए पनि म अन्याय, असमानता, भ्रष्टाचारको पक्षमा भने थिइनँ। तर, पार्टीलाई पार्टीकै सदस्य हुनु जरुरी थियो।

पार्टी सरकारमा गएपछि आमा निकै आशावादी हुनुभयो। मलाई पनि अचानक आश पलाएर आयो। आखिर विनोद पो मेरो भाइ थियो, कमरेड आरोहण त पार्टीकै कार्यकर्ता थियो। बेपत्ता भएको पनि कमरेड आरोहण नै थियो।

पार्टीलाई समय लाग्छ भनेर म दुई महिनापछि त्यहाँ जाँदा फेरि तिनै जुँगावाला कमरेड शिवसँग भेट भयो। उनी पत्रिका पढ्दैथिए।

“खोज्दैछौँ”, उनले मतिर नहेरी भने।

“हराएको पाँच वर्ष भयो, कहिलेसम्म खोजिरहनुहुन्छ?”

“पार्टी भर्खर सत्तामा आएको छ”, उनले पत्रिका बन्द गरे, “चिन्ता नगर्नुस्।”

मैले चिन्ता नगर्ने प्रयत्न धेरै गरिसकेकी थिएँ। पार्टी कार्यालय जान्न भन्ने पनि सोचेकी थिएँ। तर कहाँ जाउँ्क? आखिर भाइ त्यही पार्टीको कार्यकर्ता थियो। केही दिनपछि फेरि गएँ।

“पार्टीको अरू पनि काम हुन्छ”, कमरेड शिव झ्ोक्किए।

“के के काम छ पार्टीको?” म पनि झ्ोक्किएँ।

“को हो तपाईं?”

“आज तपाईं यहाँ बसेर जुन सास फेरिरहनुभएको छ, त्यसका लागि मेरो भाइ लडेको छ।”

“तपाईं त लड्नुभएन नि!”

“म पनि हराएकी भए आज मेरो भाइको पक्षमा को लड्थ्यो?”

“पार्टी छ।”

“कहाँ छ पार्टी?” मैले सोधेँ, “सिंहदरबार, बालुवाटर वा लैनचोरमा?”

“चुप लाग्नुस्”, उनी चर्किए, “तपाईंको काम छैन?”

“छ, धेरै ठूलो काम छ”, म औंलो ठड्याउँदै गर्जिएँ, “बेपत्ता कार्यकर्ता नखोजेर सत्तामा रम्ने तपाईंहरू सबलाई लाइन लगाएर गोली हान्न बाँकी छ।”

म यसरी गर्जिएँ कि आफ्नो गर्जनले आफैँ कामेकी थिएँ। कार्यालयमा भएका सबै एकछिन स्तब्ध भए। त्यसपछि मलाई बाहिर निकालियो।

आमालाई यी सब बेहोराका साथ लेखेँ, “यो शहरमा आलुको त कुरै नगरौं, भिन्डी पनि छोई नसक्नु छ। साग पनि उस्तै छ। गाडीका धुवाँले मलाई कहिल्यै सञ्चो गरेन। म यहाँ बस्न सक्दिनँ। भाइको अन्तिम संस्कार गरौं।”

आमाले काक्रो, भिन्डी, सागसँगै कसलाई हो लेखाएर एउटा चिठी पनि पठाउनुभएछ, “केही दिनलाई पुग्ने तरकारी पठाइदिएकी छु। शहर महँगो छ, तर त्यही महँगो शहरले मेरो छोरा, तेरो भाइ जिउँदो वा मरेको के छ भन्न सक्छ। तँ त्यो जवाफ नलिइकन फर्कने कुरा नगर। अलि दिन धुवाँ निल, विस्तारै पचाउँछेस्। एकदिन पार्टीले पनि आफ्नो कार्यकर्ताबारे जवाफ नदिई धर पाउने छैन।”

म शहरको धुवाँ पचाउँदै विनोदलाई खोज्दैछु। पश्चिम पनि जाने निर्णय गरेकी छु जहाँबाट ऊ हराएको थियो। आमाबुबा पैसाको बन्दोबस्त गर्दै हुनुहुन्छ।

(हिमालकों गत दशैको अंकमा छापिएको मेरो कथा)

NO!

its just a NO!!!! and it is NO that is never going to be YES! the feeling is so strong inside me and you have to respect my feeling if you want me to be your friend.

बर्षातका सम्झनाहरु…..

केहि बर्ष अगाडी मैले यो ब्लग लेखेको थे झरीको बारेमा! आज पनि झरीको बारेमा म यस्तै सोच्छु मात्र केहि सम्झनाहरु बदलिएका छन् र केहि सम्झना म सम्झिदिन वा मैले बिर्सन सके! केहि सम्झनाहरु आउटडेटेड भएका छन् अनि केहि सम्झनाहरुमा अब मेरो कपिराइट छैन! हिजो परेको पानीमा रुझे पछी यसको याद आयो!

“जब कोइ बात बिगड जाए, जब कोइ मुश्किल पड जाए

तुम देना साथ मेरा, ओ हमनवा!”

म गितले भावुक भएछु । चोकबाट मेरो पाइला अघि बढेन । म ठिङ्ग उभिरहे जब कि मलाई थाहा थियो पानीले म निथ्रुक्क भइसकेको छु ।

पछाडीबाट साइकलको घन्टी लगातार आएपछि मैले बाटो छाडे र बिस्तारै हिडे । बर्षा सुरू भएछ, झमझम् पानी परेपछि त्यस्तो लाग्यो ।

मलाई बर्षात परारसम्म मन पर्‍थ्यो । बर्षातका रमाईला सम्झनाहरू मसँग छन् । अहिले म बर्षातमा रुझ्न सक्दिन, अब मलाई हिलोमा हिड्न मन लाग्दैन र अब मसँगका बर्षातका सम्झनाहरू पनि धुमलिदै जान थालेका छन् ।

मेरो माईली फुपुको घरमा बुर्जा थियो, हाम्रो घर त त्यतिबेला जस्ताले छाएकै थिएन । त्यसै पनि हाम्रो घर बुर्जा भएको होइन । बुर्जाबाट पानीको धारा ठुलो आउँथ्यो । म स्कुल बिदाका दिनहरूमा पानी पर्ने बित्तिकै हजुरबुवाको आँखा छलेर पानीमा नुहाउन पुग्थे । म मात्र हैन हाम्रो गाउँका केटाकेटी जति सबै मस्ती गर्थ्यौ । स्कुल नजिकै थियो, फुपुले कराउन थालेपछि हामी स्कुल जान्थ्यौ । हो, थुप्रै पटक हजुरबुवा रिसाउनु हुन्थ्यो र फेरी गए राम्रो नहुने चेतावनी पनि पाइन्थ्यो तर कहिल्यै रुघा लागेन, ज्वरो आएन । शरिरलाई गार्‍हो भएन ।

गाउँमा छाता थोरैको घरमा मात्र थियो । ड्याडले छाता लिएर जाने भएकोले होला, हाम्रो घरमा अर्को छाता थिएन । हामी बोरा ओढेर कलसम्म जान्थ्यौ । स्कुल जान छाता ओढेर आउने साथी कुर्नुपर्थ्यो । सडक छेउमा घर भएकाले त्यो सजिलो थियो ।

एउटा छातामा एकजना कहिले आउन्नथे, म पछि छातामा घुस्रिने अरू पनि हुन्थे । स्कुल पुगुन्जेल सम्म सबै भिजेका हुन्थे तर स्कुलमा पुगेपछि कहिल्यै सर्ट कतिखेर सुक्थ्यो भनेर थाहा भएन । असिना परेको बेला कस्तो रमाईलो हुन्थ्यो । असिनाका टुक्राहरू भेला पार्नु र त्यो नपग्लीउन्जेलसम्म सबजनाले घेरेर हेरीरहनु अनि भोली पल्ट त्यसको बारेमा साथीहरूसँग गफ लगाउनु क्या रमाईलो हुन्थ्यो ।

हिलोमा चिप्लिएर धेरै पटक लडे । चोट लागेको सम्झना छैन । मलाई थहा छैन किन सबै सम्झनाहरू रमाईला मात्र छन् ?अब फुपुको घरमा बुर्जा छैन, मेरो गाउँका केटाकेटी त्यसरी नुहाउन पनि छाडिसके । गाउँमा ग्र्याबेल गरेकोले हिलो छैन, सबैका घरमा छाता छन् । अब म पानीमा भिज्न सक्दिन । दशैं अगाडी भिज्दा टाइफाइड भयो । रूघा लागीहाल्छ, टाउको दुख्छ । अनि पानी नपरे पनि हुन्थ्यो भन्ने लाग्छ ।राजधानीमा पानीमा रूझेका एकआध मिठा सम्झना बाहेक सबै दिक्क लाग्दा छन् । सडकमा हिड्दा हिलो छ्यापिएर रिस उठेका थुप्रै सम्झनाहरु छन् । पानी पर्दा म उसँग एउटै छातामा टाँसीएर हिडेको सम्झन चाहन्छु, छाता बन्द गरेर दुबैजना रूझेको सम्झन चाहन्छु तर किन मिठा सम्झनाहरू धुमलिदै जान्छन् ? ति सम्झनाहरूले आँशु पनि बोकेर ल्याउँछ, सायद त्यसैले होला!

ऊ, मेरो आँखामा फेरी आँशु आयो । किबोर्डका अक्षरहरू देखिन गार्‍हो भो!

भर्खर बर्षात शुरू भो, अझ धेरै भिज्नु छ । यो बर्षात केही मिठा सम्झनाहरू बोकेर आओस सबैको जिवनमा!

आफ्नो शहर सम्झेर….

मलाई यतिबेला असनको धेरै याद आइरहेको छ अनि चक्रपथको गित बजाउने माइक्रो पनि जसमा चढेर म बेकारमा चक्रपथको चक्कर लाउथेँ! यो शहरमा चक्रपथ छैन त्यसैले म कानमा इयरफोन लगाउछु र चर्को स्वरमा गित सुन्छु अनि हेर्छु एउटा ठुलो सहर जो बोलिरहेको छ तर मेरो कानसम्म उसको आवाज पुगेको छैन! यसरी म यो शहरबाट तटस्थ छु किन कि मलाई मेरो शहरको औधि माया छ जति टाढा भए पनि म उसैसंग गासिन चाहन्छु :)

I have never

OK, this is just a comparison with Tajim I wanted to see what I have done that Tajim has never done and what we both have not done ever.

  • Seen an Ocean : I have seen an ocean, Indian Ocean. When I saw it first time, I wanted to scream but to show myself very clam and matured I could not do so. I was on field trip and was with programmer officer of AMWIK where I work. Next morning, I woke up early and went to beach alone and I screamed. I said, I love you chhorrrrriiiiiiii I have not told anyone about it so far in office. Because they think I went to beach first time when our office assistant Mureti took me there another day.
  • Been to a swimming pool: Me too. No no, I have been to swimming pool many times but not to swim. LOL! Just to ask if I get a lady instructor.
  • Flown Overseas: I am in Kenya now. I also went Uganda, another African country.
  • Travelled on the roof of a moving bus: Many times and I always loved to do so.
  • Jumped Out of a plane or a bridge (Bungee **Scary**): Not yet. But I will do once I go back to Nepal this time.
  • Touched Snow the real one, not that which is made in a fridge : I have touched few times. Once when I went to Humla and few times in Daman while I was going to Kathmandu.
  • Seen a 3D Movie: Not yet. And I am really not interested as well.
  • Seen an Imax Movie: Me too.
  • Been on a roller coaster: Me too.
  • Smoked: Few times.
  • Gone Serious Trekking though I live in Nepal: I have not done any trekking for the sake of trekking but have been many hilly places including Rolpa. I hope I will go for trekking seriously very soon.
  • Visited a dentist: My elder sister is dental assistant and she has helped me few times when I had problem.
  • Owned a camera. (not even analog once): I have SAMSUNG digital camera since last Feb.
  • Been to a Gym: Me too. I even dont want to think of it.
  • Seen a Lion or Tiger: I have seen Lion in Kenya. As Kenya is famous for jungle safari I have seen Zebra and Giraffe as well.
  • Gone to any serious forest/jungle: I have been to Charakose jhadi which is the biggest jungle in Nepal.
  • Applied for US Diversity VISA (99% of Nepalese have probably applied once): I did once in 2006. I was so desperate to go abroad but luckily I was not enough lucky
  • Applied for VISA of any country: I have.
  • Gone more than 6 months in any serious day-job: I have done some and some I had to quit before six months.
  • Seen any Himesh Reshammiya Movie (this one for Bollywood Fans): Me too. And I dont want to see any.
  • Been to any underground concerts.: Me too.
  • Been to a discotheuqe.: Few times in Kathmandu and twice in Kenya while we were having our preparatory course.
  • Climbed on any high speed elevator: I have to do here when I go to Nyayo house to extend my visa.
  • Been to top floor of any high rise building.: On 40th floor when I went to KICC building.
  • Met a Chinese. : I have met two.
  • Had a buffet lunch/dinner.: Plenty of times. I love it. But here in Kenya have to wait someone to tell me that this meat is not beef.
  • Seen an actual theater play: Many times in Gurukul.
  • Used Linux: I dont know.
  • Owned any Smartphone.: Me too. Once I thought of buying iphone but when I came to know price I almost went on silent mod.
  • Drank Beer (Cantt stand the smell of that shit): I have drank few times and I loved the smell and taste both J
  • Been on a plane in Nepal (only flew twice in India): Few times from Biratnagar to Kathmandu, Kathmandu to Pokhara, Kathmandu to Nepalgunj. I have been on helicopter many times while I was working for UNMIN.
  • Been to any Nepali Airport: Many. Biratnagar, Nepalgunj, Humla, Dolpa, Mugu, Jakapur.
  • Had an ICQ account: What is it?
  • Neither used IRC: What is it?
  • Been on TV Camera.: When I worked for America Darpan I was shown many times on TV because I used to be camera person that time. LOLI have been interviewed once for KTV.
  • Had a Girlfriend: Now I am happily single. I have three year old daughter.
  • Had a credit card.: Me too.
  • Celebrated my Birthday: Me too.
  • Received gift ever from anyone ( someone send me ): I have received some but I dont like giving and receiving gifts.
  • And Last one,

    I have never been admitted in a hospital.: I have been several times.