विशेष धातुका कम्युनिष्टहरु?

मैले २००८ तिर यस्तो आर्टिकल लेख्या रैछु । त्यतिखेर नयाँ पत्रिकामा छापिएको थियो ।

कम्युनिष्टका बारेमा मान्छेहरूको आफ्नो आफ्नै धारणा भएपनी, स्टालिनको ‘बिशेष धातु’ले कम्युनिष्टहरू बनेका हुन्छन् भन्ने कुरा निकै महत्व पुर्ण छ । हामीले स्कुलमा हुँदा बुझेको कम्युनिष्टहरू एमालेहरू थिए। उनीहरू भ्रष्टाचार गर्दैनन्, सरल जीवन बिताउँछन्, जनताको माझमा हुन्छन्, विकास गर्छन्, बहस गर्छन्, जुनसकै विचारको वा सिद्धान्तको भएपनि मिलाएर लैजाने क्षमताका हुन्छन्, प्रगतिशिल हुन्छन्, सभ्य भाषाको प्रयोग गर्छन्, उनीहरू जस्तोसुकै परिश्थितीको पनि डटेर सामना गर्छन, उनीहरू हार मान्दैनन्, उनीहरू रून्चे हुँदैनन्, बिदेसीको हेपाई सहदैनन्, यस्तै यस्तै । ‘एमाले कम्युनिष्ट’का बारेमा यो बुझाइ मदन भण्डारी र मनमोहनलाई देख्दासम्म जीवितै थियो । त्यसपछि, न त उनीहरूले भ्रष्टाचार कम गरे, न त सरल जीवन बिताए, न त जनताको माझमा गए न त विकास नै गरे ! अन्य पार्टीका नेताहरू हुन् कि एमालेका, ब्याबहारमा छुट्याउन हामीलाइ गार्हो भयो र एमालेहरू ‘कम्युनिष्ट’ रहेनन् ।

एमाले हुनेहरूले जब कम्युनिष्टको परिभाषा भित्र आफुलाई अटाउन सकेनन् तब नयाँ शक्ति ‘माओवादी कम्युनिष्ट’को नाम लिएर अगाडी आयो । उनीहरू जनताको माझमा गए, जनतालाई राजनीतिक रूपमा चेतनशिल बनाए । जनताले दिएको ढिडो खाएर लडे, जनताले झै सरल जीवन बिताए । तिनीहरू नै स्टालिनले भनेझै साँच्चिकै बिशेष धातुले बनेका कम्युनिष्ट हुन्छन भन्ने धारणा पुन:बन्यो । त्यसैले, एमालेको पतनपछि कम्युनिष्ट भन्दा माओवादीहरू हुन् भन्ने भ्रम थियो र छ । Continue reading