हामीलाई हाम्रो देशमा अरूले डण्डा देखाएर नियम बसालिदेओस् भन्ने लाग्न थाले जस्तो छ।
राजधानीको मेरो डेरा नजिकैको बाटो वान–वे हो। मूल सडकबाट मोडिने ठाउँमै वान–वे भनेर बुझाउने बोर्ड पनि छ। तर, वान–वे हो भन्ने जान्दाजान्दै पनि मानिसहरू त्यहाँ गाडी हुलेर जाम गरिरहेका हुन्छन्। त्यस्ता गाडीवालाहरू पटक्कै लज्जाबोध वा अप्ठ्यारो मानिरहेका हुँदैनन्, बरु च्यापिन लागेका पैदल यात्रीहरूलाई आँखा तरिरहेका हुन्छन्। त्यहाँ हत्तपत्त ट्राफिकको आँखा पुग्दैन। डण्डा लिएर कसैले निगरानी नगरेकाले वान–वेको नियम मान्न कोही तयार छैनन्, मानौं हामीसँग विना डण्डा देखाउन मिल्ने सुसंस्कार नै छैन।
एक समय ट्राफिक नियम पालना गराउन काठमाडौंको चोकमा उभिन आएका जापानी स्वयंसेवी कियोसी बाबाले ट्राफिक नियम नमान्ने पैदलयात्रुदेखि बहालवाला डीआईजीसम्मको गाडी रोकेर लाइसेन्स माग्नुपर्योक। “यहाँ मेरो सबैले वाह्वाही गरेका छन्, धेरै अखबारले अन्तरवार्ता पनि लिइसके, तर मैले त यहींका मान्छेले गर्न सक्ने काम मात्रै गरेको हुँ”, एक भेटमा कियोसी बाबाले भनेका थिए। तर, हाम्रा मुख्य सडकहरूमा अझै पनि बडा–बडा डिभाइडर राखेर, तिनमा डोरी टाँगेर पनि नपुगेर प्रहरीहरू डण्डा लिएर खट्नु परेको छ। Continue reading “के भा’को हामीलाई!”