विशेष धातुका कम्युनिष्टहरु?

मैले २००८ तिर यस्तो आर्टिकल लेख्या रैछु । त्यतिखेर नयाँ पत्रिकामा छापिएको थियो ।

कम्युनिष्टका बारेमा मान्छेहरूको आफ्नो आफ्नै धारणा भएपनी, स्टालिनको ‘बिशेष धातु’ले कम्युनिष्टहरू बनेका हुन्छन् भन्ने कुरा निकै महत्व पुर्ण छ । हामीले स्कुलमा हुँदा बुझेको कम्युनिष्टहरू एमालेहरू थिए। उनीहरू भ्रष्टाचार गर्दैनन्, सरल जीवन बिताउँछन्, जनताको माझमा हुन्छन्, विकास गर्छन्, बहस गर्छन्, जुनसकै विचारको वा सिद्धान्तको भएपनि मिलाएर लैजाने क्षमताका हुन्छन्, प्रगतिशिल हुन्छन्, सभ्य भाषाको प्रयोग गर्छन्, उनीहरू जस्तोसुकै परिश्थितीको पनि डटेर सामना गर्छन, उनीहरू हार मान्दैनन्, उनीहरू रून्चे हुँदैनन्, बिदेसीको हेपाई सहदैनन्, यस्तै यस्तै । ‘एमाले कम्युनिष्ट’का बारेमा यो बुझाइ मदन भण्डारी र मनमोहनलाई देख्दासम्म जीवितै थियो । त्यसपछि, न त उनीहरूले भ्रष्टाचार कम गरे, न त सरल जीवन बिताए, न त जनताको माझमा गए न त विकास नै गरे ! अन्य पार्टीका नेताहरू हुन् कि एमालेका, ब्याबहारमा छुट्याउन हामीलाइ गार्हो भयो र एमालेहरू ‘कम्युनिष्ट’ रहेनन् ।

एमाले हुनेहरूले जब कम्युनिष्टको परिभाषा भित्र आफुलाई अटाउन सकेनन् तब नयाँ शक्ति ‘माओवादी कम्युनिष्ट’को नाम लिएर अगाडी आयो । उनीहरू जनताको माझमा गए, जनतालाई राजनीतिक रूपमा चेतनशिल बनाए । जनताले दिएको ढिडो खाएर लडे, जनताले झै सरल जीवन बिताए । तिनीहरू नै स्टालिनले भनेझै साँच्चिकै बिशेष धातुले बनेका कम्युनिष्ट हुन्छन भन्ने धारणा पुन:बन्यो । त्यसैले, एमालेको पतनपछि कम्युनिष्ट भन्दा माओवादीहरू हुन् भन्ने भ्रम थियो र छ । Continue reading “विशेष धातुका कम्युनिष्टहरु?”

राजनीतिक रोगीको ‘दिल्ली उपचार’

(पुरानो लेख, जुन मैले 2009-03-12 मा लेखेको थिए, नयाँ पत्रिकामा छापिएको थियो)

हामीले फेरि एउटा घिनलाग्दो नाटक हेर्नुपर्ने बाध्यता आइलागेको छ। यस नाटकको प्रथम शंृखलामा हाम्रो देशका घगडान नेताहरू अस्वस्थ भएका छन्। तिनीहरू उपचार गर्न दिल्लीको साउथ ब्लकनजिकैको कुनै अस्पतालमा भर्ना भएका छन्। बिरामी जँचाएर उब्रेको समयमा भारतीय नेताहरूसँग छोटो कुराकानी गर्न भ्याएका छन्। नेताहरूको अनुकूल राजनीतिक परिस्थिति नभएपछि स्वास्थ्यमा समस्या आउनु र उपचारका लागि दिल्ली नै जानु हामीले देखिरहेको पुरानै नाटक हो। यसपालि फरक के छ भने यस नाटकमा केपी ओली नाम गरेका पात्र पनि बिरामीका रूपमा थपिएका छन्। सदाझैं गिरिजाप्रसाद कोइराला नाटकमा मुख्य पात्रका रूपमा रहेका हुन्थे। कुनै न कुनै बहानामा अरू पात्र दिल्ली जाने जनाउ मञ्चका सूत्रधारका रूपमा रहेका मिडियाले दिएका छन्।

गद्दीच्यूत राजा ज्ञानेन्द्र, सूर्यबहादुर थापालगायत सबैले नाटकमा हिस्सा लिएकामा नेपाली जनतालाई आश्चर्य छैन। हामीले यी पात्रबाट यसभन्दा बढी अपेक्षा पनि गरेका थिएनौँ। दर्शकहरू ः हामी जनता नाटकबारे हरेक पटकझैं यसपालि पनि अनभिज्ञ छौँ। हाम्रो मनमा एउटा प्रश्न छ, के नेपालका डाक्टरहरू यति निकम्मा छन् त ? हाम्रा नेतालाई ठीक पार्नै सक्दैनन् ? फेरि, जवाफ हामीसँगै छ, स्वास्थ्यसम्बन्धी रोग भए पो निको पार्न सकून् त ! सत्ताको रोग निको पार्ने सामथ्र्य त यी शुद्ध प्राविधिकहरूसँग कहाँबाट होस् ! उनीहरूलाई चाहिएको त धेरै वर्षदेखि साउथ ब्लकले राजनीतिक रूपले पालेका कूटनीतिक डाक्टरहरू पो हुन् त।
Continue reading “राजनीतिक रोगीको ‘दिल्ली उपचार’”