हामी कुण्ठा पोख्न लेखिरहेका छौं !

सौर्यमा प्रकाशित अन्तरवार्ता! लेख्दै गर्दा आफुले विगतमा दिएका जवाफहरु पनि ख्याल गर्नु पर्ने हुन्छ, त्यसैले आज फेरी आफुले भनेका कुराहरु दोहोर्याएर पढें !

आन्विका गिरी समकालीन नेपाली कथाकारबीच जानपहिचानको नाम हो । उनको पहिलो कथासंग्रह ‘कम्युनिस्ट’ निकै रुचाइएको कृति हो । गिरी मजदुर, किसान अनि आममान्छेको जिन्दगीसाग जोडिएका विषयहरूमा आफ्ना पात्र खोज्छिन्, र त्यहाा परिस्थितिअनुसार पाठकलाई आफ्नो अनुहार देखाइदिन्छिन् । शैली, भाषा, संवेदना र समाजको सटिक चित्रणका लागि उनका कथा रुचाइन्छन् । उनका ‘कम्युनिस्ट’, हिरोहोण्डा’लगायत कथा चर्चित छन् ।

अहिले बजारमा हटकेक हुनुभाको छ, तपाइंका कथा रुचाइएका छन् । पछिसम्म पनि ती कथा अजर–अमर होलान् ?

हटकेक ? यो शब्द साहित्यमा अलि धेरै फ्यान्सी भयो जस्तो लाग्यो । म हल्लाहरूबाट बाहिर छु । साहित्यिक कार्यक्रममा पनि म खासै नजाने भएकाले कहिलेकाहीँ त म मेरा कथाहरूको प्रतिक्रियासमेत थाहा पाइरहेको हुन्न । जहाँसम्म कथाहरूको अजर–अमरताको कुरा छ । मेरो कोसिस मेरा कथाहरूले वर्तमान समयको राम्रोसँग व्याख्या गर्न सकुन् भन्ने हो त्यसो भयो भने भविष्यमा मेरो कथाहरूको खोजी त होला नै । तर, त्यसमा मेरो नियन्त्रण हुँदैन । म त प्रयाससम्म गर्न सक्छु ।

तपाईंको कथा ‘हिट’ हुनुमा आफ्नो व्यक्तिगत भोगाइ कत्तिको जिम्मेवार छ ?

मलाई के लाग्छ भने मान्छेले पहिले आफ्नै भोगाइबाट लेखनको सुरुआत गर्छ । मैले पनि त्यसै गरेँ । यसको मतलब यो होइन कि सबै मेरा कथाहरू हुन् । मेरो व्यक्तिगत भोगाइभन्दा पनि कथामा उठाइएका विषयवस्तुको प्रस्तुतीकरण कथा रुचाइनुका कारण हुन सक्छन् ।

भनिन्छ, आन्विकाको कथा आवेगहरूको एउटा थुप्रो हो । तपाईंका कथामा बढी आवेग हुन्छ कि विवेक ?

आवेगमा नआई त म कथा लेख्नै सक्दिनँ । जबसम्म कुनै विषयले मलाई भित्रैसम्म घोच्दैन, मलाई रुन चाहेर पनि रुन नसक्ने स्थितिमा पुर्‍याउँदैन तबसम्म त म लेख्नेबारे सोच्नै सक्दिनँ । जब कुनै कुराले मेरो मथिंगल कचमच्याउँछ अनि बाटोमा हिँड्दा पछाडिबाट बजेको गाडीको हर्न सुन्न छाड्छु वा अगाडिको गाडी देख्न छाड्छु तब मात्र मलाई लाग्छ, ल यो विषयमा अब मैले लेख्नुपर्छ । त्यसैले आवेग त कथामा आउँछ नै । तर, आवेगकै थुप्रो हो भन्ने कुराचाहिँ म मान्दिनँ किनकि म आफ्ना कथामा तर्क स्थापित गर्न खोज्छु विवेक नभई त त्यो कहाँ सम्भव छ र ? Continue reading “हामी कुण्ठा पोख्न लेखिरहेका छौं !”

के भा’को हामीलाई!

हामीलाई हाम्रो देशमा अरूले डण्डा देखाएर नियम बसालिदेओस् भन्ने लाग्न थाले जस्तो छ।

राजधानीको मेरो डेरा नजिकैको बाटो वान–वे हो। मूल सडकबाट मोडिने ठाउँमै वान–वे भनेर बुझाउने बोर्ड पनि छ। तर, वान–वे हो भन्ने जान्दाजान्दै पनि मानिसहरू त्यहाँ गाडी हुलेर जाम गरिरहेका हुन्छन्। त्यस्ता गाडीवालाहरू पटक्कै लज्जाबोध वा अप्ठ्यारो मानिरहेका हुँदैनन्, बरु च्यापिन लागेका पैदल यात्रीहरूलाई आँखा तरिरहेका हुन्छन्। त्यहाँ हत्तपत्त ट्राफिकको आँखा पुग्दैन। डण्डा लिएर कसैले निगरानी नगरेकाले वान–वेको नियम मान्न कोही तयार छैनन्, मानौं हामीसँग विना डण्डा देखाउन मिल्ने सुसंस्कार नै छैन।

एक समय ट्राफिक नियम पालना गराउन काठमाडौंको चोकमा उभिन आएका जापानी स्वयंसेवी कियोसी बाबाले ट्राफिक नियम नमान्ने पैदलयात्रुदेखि बहालवाला डीआईजीसम्मको गाडी रोकेर लाइसेन्स माग्नुपर्योक। “यहाँ मेरो सबैले वाह्वाही गरेका छन्, धेरै अखबारले अन्तरवार्ता पनि लिइसके, तर मैले त यहींका मान्छेले गर्न सक्ने काम मात्रै गरेको हुँ”, एक भेटमा कियोसी बाबाले भनेका थिए। तर, हाम्रा मुख्य सडकहरूमा अझै पनि बडा–बडा डिभाइडर राखेर, तिनमा डोरी टाँगेर पनि नपुगेर प्रहरीहरू डण्डा लिएर खट्नु परेको छ। Continue reading “के भा’को हामीलाई!”

सहनशील शहर

‘काठमाडौं शहर हेर्दा लाग्छ रहर, गिद्धै गिद्धको शहर! दिमाग चला पासा, पैसा खस्छ बरर …!’

गत वर्ष खुब चलेको नेपाली चलचित्र ‘लूट’ का पात्र हाकु कालेले काठमाडौंलाई यसरी गरेको व्याख्यालाई दर्शकले औधी मन पराए। सार्वजनिक बसमा होस् या काठमाडौंमा जोडेको निजी कारमा, अस्ति दशैं मनाउन घर जाँदाजाँदै पनि धेरै मान्छेले यो शहरलाई सकेको गाली गरे। दशैंपछि उनीहरू फेरि ‘यो स्वार्थी, पीडक शहर’ भन्दै काठमाडौं छिरे। फेसबुकका भित्ता र ट्वीटरको टाइमलाइनहरूमा छाएका त्यस्ता स्टाटस्मा अझै पनि ‘लाइक’ को वर्षा भइरहेको छ।
बाहिरका त बाहिरिया भइहाले, यहींकाहरू पनि काठमाडौंसँग निकै रिसाएका देखिन्छन्। उनीहरू यहाँबाट बाहिरिंदा ‘आनन्द’ अनुभव गर्छन् र भित्रिंदा ‘दिक्क’ मान्छन्। लाग्छ, जो पनि काठमाडौंलाई एकचरण गाली नगरी ननिदाउने भएका छन्। यहींका, बाहिरका जोसुकै हुन् हरेकबाट दुत्कारिनु काठमाडौंको नियति भएको छ। यो पंक्तिकारले फेसबुकमा काठमाडौंबारे तपाईंको मनमा के छ भनेर लेख्दा आएका २६ प्रतिक्रियामध्ये जम्मा दुइटा सकारात्मक थिए। काठमाडौंप्रतिको गुनासो, इर्ष्या वा रीस नयाँ होइन, जुन अहिले यो ढंगले व्यक्त भइरहेको छ। काठमाडौंलाई बद्नाम गरिएको साहित्य, चलचित्र हिट हुने संभावना बढेको बढ्यै छ।
Continue reading “सहनशील शहर”

आफ्नो शहर सम्झेर….

मलाई यतिबेला असनको धेरै याद आइरहेको छ अनि चक्रपथको गित बजाउने माइक्रो पनि जसमा चढेर म बेकारमा चक्रपथको चक्कर लाउथेँ! यो शहरमा चक्रपथ छैन त्यसैले म कानमा इयरफोन लगाउछु र चर्को स्वरमा गित सुन्छु अनि हेर्छु एउटा ठुलो सहर जो बोलिरहेको छ तर मेरो कानसम्म उसको आवाज पुगेको छैन! यसरी म यो शहरबाट तटस्थ छु किन कि मलाई मेरो शहरको औधि माया छ जति टाढा भए पनि म उसैसंग गासिन चाहन्छु 🙂