आफ्नो शहर सम्झेर….

मलाई यतिबेला असनको धेरै याद आइरहेको छ अनि चक्रपथको गित बजाउने माइक्रो पनि जसमा चढेर म बेकारमा चक्रपथको चक्कर लाउथेँ! यो शहरमा चक्रपथ छैन त्यसैले म कानमा इयरफोन लगाउछु र चर्को स्वरमा गित सुन्छु अनि हेर्छु एउटा ठुलो सहर जो बोलिरहेको छ तर मेरो कानसम्म उसको आवाज पुगेको छैन! यसरी म यो शहरबाट तटस्थ छु किन कि मलाई मेरो शहरको औधि माया छ जति टाढा भए पनि म उसैसंग गासिन चाहन्छु 🙂